२९ आषाढ, २०८३
आइतवार राति ब्याङ्ककस्थित एउटा बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २२ जना गम्भीर घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार ज्याटुज्याक क्षेत्रस्थित निकै चल्तीको उक्त बारमा मञ्च नजिकैबाट सुरु भएको आगो चाँडै फैलिएको थियो। त्यसपछि त्यहाँ विद्युत् आपूर्ति अवरुद्ध भएको थियो र पूरै कक्षमा धुवाँ भरिएको थियो।
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा बारमा आत्तिएका ग्राहकहरू चिच्च्याउँदै भागिरहेका थिए। तीमध्ये केहीको कपडामा पनि लागेको देखिन्थ्यो।
स्रोतः बीबीसी, नेपाली
ब्याङ्ककमा भएको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु, धेरै मानिस अझै सम्पर्कविहीन