World Vision News

२०८३ जेष्ठ २१ गते बिहीबार
२०८३ जेष्ठ २१ गते बिहीबार

सल्लोका दाउरा निर्यातमा ३० प्रतिशत बिन्दुले घट्यो भन्सार

२१ जेठ, काठमाडौं । सरकारले सल्लोका दाउरा निर्यातका लाग्दै आएको भन्सार दर घटाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै सल्लोको दाउरा निर्यातमा भन्सार घटाइ २० प्रतिशतमा झरेको हो । यसअगाडि यस्तो भन्सार दर ५० प्रतिशत थियो ।

सल्लोका काठ दाउरा प्लाइ बनाउने कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । प्लाइ बनाउँदा सल्लोको दाउरा प्रयोग करिब १० देखि १५ प्रतिशत हुने प्लाइ उत्पादन संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए ।

उनका अनुसार प्लाइको प्रमुख कच्चा पदार्थ उत्तिस हो । नेपालमा सल्लो पर्याप्त भएकाले पनि सरकारले निर्यात बढाउन खोजेको हुन सक्ने बताउँदै घिमिरेले नेपाली प्लाइ उत्पादनमा सल्लोको निर्यातले खासै असर नपर्ने बताए ।

सरकारले जेठ १६ गते देखि लागु हुने गरी सल्लोका दाउरा निर्यातमा २० प्रतिशत र अन्यमा ५० प्रतिशत भन्सार दर तोकेको छ । यसभन्दा अघि यस्तो निर्यातमा भन्सार दर ५० प्रतिशत थियो । सरकारले अन्य दाउराको हकमा निर्यात भन्सार विगतकै कायम राखेको भएपनि सल्लोको हकमा घटाएको हो ।

सरकारले बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुका (बिलेट), हाँगाबिँगा वा दाउराको बाँधेको बिटो वा यस्तै रूपमा काठका चोइटाचोइटी वा मसिना टुकाटाकी, काठ चिरेको धुलो, काठको अवशेष र रद्दी वस्तु, मुढो, ब्रिकेट, पेलेट वा यस्तै रूपमा एकत्रित गरिएको वा नगरिएको वस्तुको निर्यात गर्न सकिने व्यवस्था छ ।

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.