World Vision News

२०८३ जेष्ठ २१ गते बिहीबार
२०८३ जेष्ठ २१ गते बिहीबार

जे भयो-भयो…

                                                          शेखर गिरी


जो धेरै अघि नै हुनुपर्ने थियो 

अलि पछि भयो फरक यत्ति हो

जे भयोभयो अब राम्रो हुनेछ भनेर भन्नु पर्यो

 अति नगर्नु अत्याचार नगर्नु

होअति नै अत्याचार बेथिति

 भ्रष्टाचार भएकै हो 

नातावाद कृपावाद भाइभतिजावाद 

आफ्नोलाई पोसेकै हो 

त्यसैले अलि बढी क्षति खति भयो 

गुलाफको फूल रोज्दा 

काँडा बिझ्ने नै भयो 

कमलको फूल रोज्दा 

हिलो दाग लाग्ने नै भयो

खुकुरीको धारमा हिँड्दा

रगत बग्ने नै भयो

 त्यसैले जे भयोभयो

अब राम्रो हुनेछ भन्नु पर्यो।

 अब अत्याचार बेथिति भ्रष्टाचार

नातावाद कृपावाद भाइभतिजावादको

कुरै छाडौँ

अब कुनै पनि किसिमको

अतिअतिवाद

 नहुनु पर्ने हो

जे भयोभयो

अब राम्रो हुनेछ भनेर भन्नुपर्यो

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.