World Vision News

२०८३ जेष्ठ २३ गते शनिबार
२०८३ जेष्ठ २३ गते शनिबार

गजल 

युवराज डि.सी.

रानी र खरानी उस्तै उस्तै हुन्  !
पानी र जवानी उस्तै उस्तै हुन् ।।
समयको भेलमा सबै बगेर जान्छ,
आखिर जिन्दगीका कहानी उस्तै उस्तै हुन् ।।
जिवन्त जवानी जलमा  जल्दा,  हुन्छ र के ?
आखिर हेर !  शैया र सिरानी उस्तै उस्तै हुन् !!
पानी र रानी अघोर घोर हुँदा,  मूलमै मर्नु  छ रे !
नवेच्नु आत्मा र इमान ! पैसा र खरानी उस्तै उस्तै हुन् ।।
नसामा आमा नसाट, विन्ति छ हे, सत्ताधारी  भाइ हो,
आखिर हेर ! पद र खरानी उस्तै उस्तै हुन् ।।
पराईको पिरले रून्छिन्  ! घरीघरी धरधरी आमा,
आखिर हेर ! अग्नी र पानी  उस्तै उस्तै हुन् ।।
By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.