World Vision News

२०८३ जेष्ठ १९ गते मंगलवार
२०८३ जेष्ठ १९ गते मंगलवार

स्वप्न बगैंचमा स्वर्गीय संसार

अशोका थापा

काठमाडौँ : नेपालको केन्द्रीय राजधानी काठमाडौँ स्थित त्रिदेवीमार्ग सार्कभवन अगाडी ठमेलमा ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको एउटा स्वप्निल बगैंचा छ : जसको नाम नै स्वप्न बगैंचा हो। यो बगैंचा ६ वटा ऋतुहरूको बगैंचाको रूपमा चर्चित छ । जहाँ एकै बगैंचाभित्र ६ वटा ऋतुहरूको लहरै दृश्यहरू आफ्नै आँखाले कैद गर्न सकिन्छ। बगैंचा भित्रको दृश्य नियाल्दा त्यहाँ जाने जो कोहिलाई पनि म लौकिक संसारमा छु कि अलौकि संसारमा छु भनेर क्षणभरमै मोहित बनाउँछ । सन् १९२० मा स्वर्गीय फिल्ड मार्शल केशर समशेर ज.ब.रा. ले यो बगैंचामा विशेषत ६ वटा ऋतुहरू अनुसारका ६ वटै सदनहरू (आराम गृह) को संयोजन गरी युरोपियन ( इडवार्डीयन) शैलीबाट प्रभावित भएर निर्माण गराएका थिए। सन् १९०७ मा सिंह दरवारको संरचना निर्माण गर्ने प्रसिद्ध वास्तुविद् किशोर नरसिंह र कुमार नरसिंह राणाले स्वप्न बगैंचाको पनि डिजाईन र सुपरिवेक्षण गरेका थिए। बगैंचा निर्माण गर्दा सदनहरू, झरनाहरू, पोखरीहरू युरोपियन शैलीबाट प्रभावित बरन्डाहरू र चराहरू बस्ने घर समेत समावेश गरिएको । त्यसो त एकातिर स्वन बगैंचा भित्रका विभिन्न सदनहरूले वास्तुकलाको अनुपम नमुना प्रस्तुत गर्दछन् भने अर्कातिर यस भित्रका फूलहरूले, बुट्यानहरूले र रूखहरूको संयोजनले बगैंचालाई त्यतिकै सौन्दर्यता दिएको छ। यस बगैंचाको परिकल्पनाकार र निर्माता केशर समशेरको मृत्युपछि यो बगैंचा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। तर यसको महत्वनुसार संरक्षण गर्न सकिएन। अत: यस बगैंचाको ऐतिहासिक र शास्त्रीय महत्वलाई बुझेर दातृनिकायको सहयोगमा यस स्वप्न बगैंचाको पुनर्निर्माण गरिएको थियो । सन् २००० मा शुरू भएको पुनर्निर्माण कार्य ऐतिहासिक तथा आधुनिक सुविधाहरू सहित थप गरी सन् २००७ डिसेम्बरमा पुरा भएको थियो ।विदेशी तथा स्वदेशी पर्यटकहरूको आकर्षण रहेको स्वप्न बगैंचाको पुनर्निर्माण परियोजना अष्ट्रियन सरकारको आर्थिक सहयोगमा इको हिमाल नामक गैह्र सरकारी संस्थाले गरेको कार्यान्वयन गरेको थियो । बगैंचा आफैमा आत्मानिर्भर रहेको सो बगैंचासँग सम्बन्धित अधिकारीहरूले बताउँछन्। २०७२ बैशाख १२ गते नेपालमा आएको विनाशकारी भुकम्पले बगैंचाको भौतिक संरचनामा पु¥याएको क्षति भने हाल पुनर्निर्माण गरिएको छ।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.