१४ साउन, २०८३, काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाह ’बालेन’ले सुनसरीसहित केही जिल्लामा देखिएको साम्प्रदायिक तनाव अन्त्य गर्न सबै पक्षले आआफ्नो स्थानबाट पहल गर्न अपील गरेका छन्।
“हाम्रो इतिहास साक्षी छ– कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्,“ उनले बिहीवार देशवासीका नाममा गरेको सम्बोधनमा भने, “हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्ने छ।“
उनले प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने र सद्भाव भड्काउन खोज्ने तत्त्व वा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने पनि बताए।
देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन