World Vision News

२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू, नेपाली सेनाले विशेष व्यवस्थाबारे जानकारी गरायो

तनहुँ, भदौ २७ – काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सुरक्षा परिस्थिति संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेका छन्। यसबारे नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नागरिकलाई आवश्यक जानकारी दिएको हो।

सेनाले जारी गरेको सूचनाअनुसार, निषेधाज्ञा भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ९ बजेसम्म लागू हुनेछ। कर्फ्यू भने भदौ २७ गते राति ९ बजेदेखि भदौ २८ गते बिहान ५ बजेसम्म जारी रहनेछ। साथै, अत्यावश्यक सेवाका सवारी साधन, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, तरकारी, दूध, पानी, औषधि लगायतका सेवामा संलग्न सवारी साधन भने यसबाट प्रभावित हुने छैनन्।

विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यक कारणबाहेक कोही नागरिक सडकमा ननिस्कनुहोला। कर्मचारीले आफ्नो कार्यालयमा जानु वा फर्कनु पर्ने अवस्था भएमा आवश्यक परिचयपत्र (डिजिटल वा प्रिन्ट) साथमा राख्नु पर्नेछ।”

यस्तै, अत्यावश्यक कार्यक्रमका लागि आवतजावत गर्न सकिने समय बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ९ बजेसम्म तोकिएको छ।

सुरक्षा निकायले जनताको सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न यस अवधिमा नागरिकलाई धैर्य धारण गर्न र सहयोग गर्न आग्रह गरेको छ।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.