अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकाले तीव्र गतिका साना ७ वटा इरानी ‘फास्ट बोट’ माथि आक्रमण गरेको बताएका छन्।
वाशिङ्टनले बन्द जस्तै रहेको जलमार्गबाट खाडीमा फसेका जहाजहरूलाई निकाल्न त्यसो गरेको बताइएको छ।
संयुक्त अरब एमिरेट्स (यूएई) र दक्षिण कोरिया दुवैले सोमवार पानीजहाजहरूमाथि आक्रमण भएको बताएका थिए।
इरानको आक्रमणपछि फुजेराको इन्धन बन्दरगाहमा आगलागी भएको यूएईले जनाएको छ।
शिपिङ कम्पनी मेर्स्कले बीबीसीलाई बताएअनुसार अमेरिकी सेनाको सुरक्षामा उसको एउटा अमेरिकी ध्वजावाहक पानीजहाज सफलतापूर्वक स्ट्रेट अफ होर्मुजबाट निस्केको छ।
ट्रम्पले अमेरिकी सुरक्षा कदमलाई “प्रोजेक्ट फ्रीडम” भनेका छन्।
इरानका विदेशमन्त्री अब्बास अराग्चीले त्यहाँ भएका घटनाले “राजनीतिक सङ्कटको कुनै सैन्य समाधान नभएको स्पष्ट पारेको” बताएका छन्।
उनले भने, “प्रोजेक्ट फ्रीडम प्रोजेक्ट गतिरोध हो।”

Source : BBC, Nepali
