२०८३ भाद्र ११ गते
२०८३ भाद्र ११ गते
https://youtu.be/NyA1qDNx-Zw डा. कृष्णराज डी. सी. उहिलेको राप्ती अञ्बल, सल्यान जिल्लाको थारमारे भन्ने गाउँमा (२०१९ साल) मार्गशीर्ष महिनामा जीवलाल डाँगी तथा रत्नदेवी डाँगीका पुत्ररत्यका रूपमा यस घरामा आएका हुन् । यिनी नेपाली भाषासाहित्यका लब्धप्रतिष्ठित भ्रष्टा-द्वष्टा दुवै हुन्। यिनी कक्षा ९तिर पढ्दै गर्दा म राष्ट्रिय सेवाअन्तर्गत सल्यानको दमाचउर भानु मा.वि.मा पुगेको थिएँ। त्यो बेला जिज्ञासु वृत्तिका सुशील छात्रका रूपमा मैले यिनलाई भेटेको थिएँ। पछि नेपाली विषयमा एम.ए. एवं विद्यावारिधि गरी व्यवसायले प्राध्यापन क्षेत्र रोजेर आजीवन माता सरस्वतीको पादर्चनामा संलग्न डा. डी. सी. का 'निशा-नीरज' (गीति खण्डकाव्य), मरुभूमिको फूल' (कवितासङ्ग्रह), 'आमा भन्दा ठूलो को छ ?', 'भगीरथ प्रयत्न (कवितासङ्ग्रह), अल्बर्ट आइन्स्टाइन र गौतमबुद्ध (खण्डकाव्य), 'आमा ढलेको रात' (खण्डकाव्य), अल्बर्ट आइन्स्टाइन र सापेक्षतावाद' (महाकाव्य), 'लक्ष्मणरे खा (प्रकाशोन्मुख महाकाव्य) मैले पढेका उनका कृति हुन् । ..... यसमा दैवी दुर्विपाकका कारणले व्यत्यय या विपर्यास हुनपुग्दा सिङ्गो समाजमा नै करुणावस्थाको सृजना हुन्छ । समाजको प्रत्येक व्यक्ति चुक्चुकाउँछ, दिक्क मान्न लाग्छ र ईश्वरलाई कोस्छ । दैव, विधि र भाग्यलाई सराप्न लाग्दछ । यस प्रकारको आख्यान दुःखान्तको अत्यन्त मलिलो आख्यानभूमि बनेको हुन्छ। महाकाव्य दुःखात्मक हुँदैन नै भने पनि रामायण,महाभारत जस्ता महाकाव्यको आख्यान उब्जेको धरातलमा नै पहिरो गएका कारण ती दुवै महाकाव्य दुःखान्तक नै हुन् भन्ने पनि देखिन्छन् बालकृष्ण समको मुकुन्द इन्दिरालाई अन्त्यमा संयोगात्मक बनाए जस्तै गरी रामायण,महाभारत र अन्य पुराणात्मक महाकाव्यलाई पनि मान्यता थेग्नका लागि सुखात्मक बनाइएको पनि देखिन्छ । यसमा पनि लक्ष्मण रेखा लक्ष्मणरेखा, लक्ष्मणबाट कोरिएको रेखा लक्ष्मणरेखा नामक महाकाव्य भन्दा लक्ष्मणरेखा महाकाव्य बनेर प्रस्तुत भएको देखिन्छ । यस प्रकारको निर्मिति देखिन्छ र लक्ष्मण र रेखाले कोरेको रेखोस्वरूपी पणि+इन्द्र फणीन्द्र फणि शेषनाग फणीन्द्र समग्र घरतीकै गुणात्मक राजा रूपबाट । यसरी अन्त्यमा महाकवि कृष्णराज डी.सी.ले पनि शोक र आँसुलाई सुख र हर्षमा परिणत गराएका छन् । यथार्थलाई आदर्शले नाध्नैपर्छ भन्ने अरस्तुको भनाइ सार्थक बनेको छ। पौरस्त्येली र ग्रिसेली चिन्तनका चस्काले आकण्ठ महाकवि डी.सी. ओतप्रोत बनेका देखिन्छन् । यथार्थ जीवनजगत् मान्छेले जे जसरी पनि भोग्छ, उसले भोग्नैपर्छ, भाग्न पाउँदैन र सक्दैन पनि। काल्पनिक जीवनमा मान्छे रमाउँछ, सुस्केरा हाल्छ, खित्खिताएर हाँस्छ, भक्कानु परेर रुन्छ, अलोलिन्छ, बाउँडिन्छ तर पनि शब्दमा यस अनुभवलाई सबैले व्यक्त गर्न सक्दैनन्। कोही कसैलाई मात्र प्रकृक्तिले यो क्षमता दिएको हुन्छ। यसो भएकै कारणले औसत् जीवन जे भोगिन्छ, त्यसैको अनुभूति साहित्य होइन भने काव्य त हुने कुरै भएन। मानवीय जीवनका ती दृश्य जसलाई देखेर हामी आत्तिन्छौं, रुन्छौं, कराउँछौं र पुकारा गर्न थाल्छौं ईश्वर तैंले मलाई जे दिइस् अब अरूलाई नदे। मैले भोग्नुपरेको दशा मेरा शत्रुले पनि भोग्नु त परैजावस्, सुन्नु पनि नपरोस् भनेर गिङ्गिडाउँछ। यो गिङ्गिडाहट सुन्नेका मुटुलगायत ७२००० हजार नसा काम्छन् । हो यसको कलात्मक अभिव्यक्ति काव्य हो कविता हो- "आमा बालककी नमार भगवान् संसार भर्ने भए बाबा बालकको नखोस भगवान् सृष्टि सजाउँछौ भने म भित्र आएँ अब के छ लस्पस, थपक्क बाबासँग शान्त भै बस सानो बालकको प्रलाप सुन है। ब्रह्माण्डका मालिक, बावा भन्छ सधैं ल,…