डा. कृष्णराज डी. सी. उहिलेको राप्ती अञ्बल, सल्यान जिल्लाको थारमारे भन्ने गाउँमा (२०१९ साल) मार्गशीर्ष महिनामा जीवलाल डाँगी तथा रत्नदेवी डाँगीका पुत्ररत्यका रूपमा यस घरामा आएका हुन् । यिनी नेपाली भाषासाहित्यका लब्धप्रतिष्ठित भ्रष्टा-द्वष्टा दुवै हुन्। यिनी कक्षा ९तिर पढ्दै गर्दा म राष्ट्रिय सेवाअन्तर्गत सल्यानको दमाचउर भानु मा.वि.मा पुगेको थिएँ। त्यो बेला जिज्ञासु वृत्तिका सुशील छात्रका रूपमा मैले यिनलाई भेटेको थिएँ। पछि नेपाली विषयमा एम.ए. एवं विद्यावारिधि गरी व्यवसायले प्राध्यापन क्षेत्र रोजेर आजीवन माता सरस्वतीको पादर्चनामा संलग्न डा. डी. सी. का ‘निशा-नीरज’ (गीति खण्डकाव्य), मरुभूमिको फूल’ (कवितासङ्ग्रह), ‘आमा भन्दा ठूलो को छ ?’, ‘भगीरथ प्रयत्न (कवितासङ्ग्रह), अल्बर्ट आइन्स्टाइन र गौतमबुद्ध (खण्डकाव्य), ‘आमा ढलेको रात’ (खण्डकाव्य), अल्बर्ट आइन्स्टाइन र सापेक्षतावाद’ (महाकाव्य), ‘लक्ष्मणरे खा (प्रकाशोन्मुख महाकाव्य) मैले पढेका उनका कृति हुन् ।

….. यसमा दैवी दुर्विपाकका कारणले व्यत्यय या विपर्यास हुनपुग्दा सिङ्गो समाजमा नै करुणावस्थाको सृजना हुन्छ । समाजको प्रत्येक व्यक्ति चुक्चुकाउँछ, दिक्क मान्न लाग्छ र ईश्वरलाई कोस्छ । दैव, विधि र भाग्यलाई सराप्न लाग्दछ । यस प्रकारको आख्यान दुःखान्तको अत्यन्त मलिलो आख्यानभूमि बनेको हुन्छ। महाकाव्य दुःखात्मक हुँदैन नै भने पनि रामायण,महाभारत जस्ता महाकाव्यको आख्यान उब्जेको धरातलमा नै पहिरो गएका कारण ती दुवै महाकाव्य दुःखान्तक नै हुन् भन्ने पनि देखिन्छन् बालकृष्ण समको मुकुन्द इन्दिरालाई अन्त्यमा संयोगात्मक बनाए जस्तै गरी रामायण,महाभारत र अन्य पुराणात्मक महाकाव्यलाई पनि मान्यता थेग्नका लागि सुखात्मक बनाइएको पनि देखिन्छ । यसमा पनि लक्ष्मण रेखा लक्ष्मणरेखा, लक्ष्मणबाट कोरिएको रेखा लक्ष्मणरेखा नामक महाकाव्य भन्दा लक्ष्मणरेखा महाकाव्य बनेर प्रस्तुत भएको देखिन्छ । यस प्रकारको निर्मिति देखिन्छ र लक्ष्मण र रेखाले कोरेको रेखोस्वरूपी पणि+इन्द्र फणीन्द्र फणि शेषनाग फणीन्द्र समग्र घरतीकै गुणात्मक राजा रूपबाट ।
यसरी अन्त्यमा महाकवि कृष्णराज डी.सी.ले पनि शोक र आँसुलाई सुख र हर्षमा परिणत गराएका छन् । यथार्थलाई आदर्शले नाध्नैपर्छ भन्ने अरस्तुको भनाइ सार्थक बनेको छ। पौरस्त्येली र ग्रिसेली चिन्तनका चस्काले आकण्ठ महाकवि डी.सी. ओतप्रोत बनेका देखिन्छन् । यथार्थ जीवनजगत् मान्छेले जे जसरी पनि भोग्छ, उसले भोग्नैपर्छ, भाग्न पाउँदैन र सक्दैन पनि। काल्पनिक जीवनमा मान्छे रमाउँछ, सुस्केरा हाल्छ, खित्खिताएर हाँस्छ, भक्कानु परेर रुन्छ, अलोलिन्छ, बाउँडिन्छ तर पनि शब्दमा यस अनुभवलाई सबैले व्यक्त गर्न सक्दैनन्। कोही कसैलाई मात्र प्रकृक्तिले यो क्षमता दिएको हुन्छ। यसो भएकै कारणले औसत् जीवन जे भोगिन्छ, त्यसैको अनुभूति साहित्य होइन भने काव्य त हुने कुरै भएन। मानवीय जीवनका ती दृश्य जसलाई देखेर हामी आत्तिन्छौं, रुन्छौं, कराउँछौं र पुकारा गर्न थाल्छौं ईश्वर तैंले मलाई जे दिइस् अब अरूलाई नदे।
मैले भोग्नुपरेको दशा मेरा शत्रुले पनि भोग्नु त परैजावस्, सुन्नु पनि नपरोस् भनेर गिङ्गिडाउँछ। यो गिङ्गिडाहट सुन्नेका मुटुलगायत ७२००० हजार नसा काम्छन् । हो यसको कलात्मक अभिव्यक्ति काव्य हो कविता हो–
“आमा बालककी नमार भगवान् संसार भर्ने भए
बाबा बालकको नखोस भगवान् सृष्टि सजाउँछौ भने
म भित्र आएँ अब के छ लस्पस,
थपक्क बाबासँग शान्त भै बस
सानो बालकको प्रलाप सुन है।
ब्रह्माण्डका मालिक, बावा भन्छ सधैं
ल, हेर। विचरा आई सँभाली बस ।”
…..जीवन राम्रो थियो तर एकाएक दैवले लुकेर उनी एकान्तमा भएको बेला पारेर प्रहार गरेर सिकार खेल्यो । लक्ष्मणले कोरेको लक्ष्मणरेखामा सबै बसेकै थिए। आशलाग्दो गरी उनका जीवनमा देखिएको समस्या पनि समाधान भएको थियो । यो देखेर दैवलाई ठट्टा गर्न मन लागेछ। ठट्टा गर्ने पनि बेला अवसरका साथै ठट्टा गरिने व्यक्तिको मनस्थिति (मुड) पनि हेरिन्छ मानव समाजमा तर दैवले ठट्टा गर्दा यति पनि औपचारिकता नपुऱ्याइकन माझै मुखबाट प्वाक्क बोल्दोरहेछ मान्छेले ऐयासम्म पनि भन्ने अवसर पाउँदोरहेनछ। यो कत्रो विषमता? यही विषमतालाई ओल्टाइ पल्टाइ सम्भावना र उत्प्रेक्षलाई ब्यूँताएर डा. कृष्णराज डी.सी.ले यो महाकाव्य लेखेका छन् । …..मलाई यो महाकाव्य पढ्न धेरै दिन लाग्यो । पढ्न बस्ना साथ कृष्णराज र उनका भाइ युवराज र उनका दुवै पुत्रहरू मेरा मन, मस्तिष्कमा बसेर मलाई आँखा खोल्नै दिएनन् । संसारका यावत् सुदुर्घटना हेरेर मनलाई दरो पार्दापार्दै पनि भदौरे झरीका बेलाको खरबारी जस्तो भएर मेरो दिलदिमाग, पाइला-पाइलामा रोकिन थाल्यो । मैले आदि महाकाव्य वाल्मीकिदेखि पूर्वपश्चिमका अनेकौं महाकाव्य पढ़ें ‘आँसुको सङ्ग्राम’ भित्र पसेर पनि महाभारतको बर्बरिक निक्ले हैं ओभाना परेली निक्लेको थिएँ। जगन्नाथ गुरागाईंको ‘मातृवियोग’ कविता पढ्दा र राष्ट्रकवि माधव घिमिरेको ‘गौरी’ का कतिपय स्थल पढ्दा धेरै मान्छेका परेली ओभाना नरहेको मैले देखेको थिएँ। तर बाजी नै राखेर पढ्दा पनि मेरा आँखाका कोश सुक्खा रहेका हुन्थे । ‘लक्ष्मणरेखा’ पढ्न भने मलाई मुस्किलै भयो ।
छन्दको क्रीडाभूमि छन्द कविताको शोभाबर्द्धक तत्त्व हो तापनि यसको प्रयोग ठीक ढङ्गले गर्न नसके कविका समग्र यशःक्षेत्रमा तुषारपात गराइदिन्छ लेखनाथ र माधव घिमिरे जस्ता छन्दमहारथी पनि कतिपय स्थानमा चुकेका देखिन्छन् । देवकोटा लयका आधारमा भावको भारी बोकेर सुरुली खेल्ने कवि भएका कारणले उनका कविताले छन्दका रगण तगणको तानाबाना नबनाए पनि खासै चर्चाको कुरो नबन्न सक्छ । बिम्बात्मकता, साङ्केतिकता, हार्दिकता र क्षारीय जलमा सृजनात्मक शक्तिसञ्चरणको मोहनी भरिएको हुन्छ छन्दका कारणले । पौरस्त्य जगत्तिर आँखा लाउने हो भने पुराण इतिहास र गणित (सिद्धान्त ज्योतिष) जस्ता विषय पनि छन्दमा लेखिएका भेटिन्छन् र “अपि मासं मसं कूर्याच्छन्दोभङ्ग नकारयेत्। भनेर सतर्क गराइएको पनि भेटिन्छ । कुरूपालाई पनि ग्राह्य बनाउन साजसृङ्गार गरेर प्रस्तुत गरिन्छ । अकविता पनि कविताको भ्रम पार्न सक्षम हुन्छ जब छन्दका आवरणमा कविले आफ्ना अभिव्यक्तिलाई बेरेर प्रस्तुत गर्दछ। तीतो, जहरिलो धूलो मधुलिप्त प्लाष्टिक कोटेड स्वरूपमा प्रस्तुत गरेपछि पोटासियम साइनाइट पनि सहज ग्राह्य बन्नसक्ने सिद्धान्त आज औषधविज्ञानका क्षेत्रमा ग्राह्य बनेर व्यवहुत पनि हुन लागेको देखिन्छ । २२ वटा सर्गमा यस महाकाव्यको आख्यान विस्तारित भएको छ। यी बाइस सर्गभित्र ८९ वटा लामा छोटा या सानाठूला छन्दले नर्तन गरेका छन् । अलङ्कार सहज स्वस्फूर्तरूपमा आएका भेटिन्छन् । धेरैजसो स्थानमा अलङ्कार आयोजित बनेर आएको अन्य महाकाव्यमा मैले अनुभव गरेको थिएँ। कालिदासको उपमा अलङ्कारजत्तिकै सहज, स्वाभाविक र प्रभविष्णु बनेर रूपक, उत्प्रेक्षा, उपमा, प्रश्न, दृष्टान्त, दृष्टान्त श्रृङ्खला स्वभावोक्ति जस्ता अनेकौँ अलङ्कार यसमा उपस्थित भएका छन् । अलङ्कारशास्त्रीय क्षेत्रतिर आँखा नलाइकनै यस काव्यको ईयत्ता लिने प्रयासमा छु म । कविले स्व पीडाका गिर्खालाई कल्पनाका सिलौटामा सृजनाका लोहोरालेI
शक्तिसम्पन्न ब्रह्मले उपयोग गर्न जानेको छैन/माल पाएर चाल पाउन सकेको छैन । त्यो स्थल र वस्तुका बिम्ब टिपेर अपर ब्रह्मले अर्को उत्साह, आशा, भरोशा र पूर्ण विश्वासको महाकाव्यका संसारभित्र । आख्यान बीज पितआलापका रूपमा यसरी प्रकट भएको सूर्योदय गराएर रमाउन सक्छ । यिनै एषणाका रेसा समातेर पिङ खेल्नुपर्छ लक्ष्मणरेखा देखिन्छ । ……..यो महाकाव्यको आख्यान बीज हो । महाकविका मध्यम पुत्र हुन् लक्ष्मण । यिनको दुर्दान्त वियोगका विरहगानमा समग्र महाकाव्य एकोन्मुख रहेको छ ।
बाबाको ममता र गुप्त मनको माया नपाई गयौ ।
खाली पेटसँगै मुसाफिर तिमी पानी नखाई गयौ ।
छोरो सानो छ है। भनेर किन खै फर्की नआई गयौ ।
यौटा गीत नयाँ रचेर सुरमा केही नगाई गयौ । –प्रा.डा.कुलप्रसाद कोइराला
शोक, वेदना र करुणासिक्त कृष्णराजको हृदयले एक अद्भूत महाकाव्य रच्यो / सम्वत् २०७७ को पौष महिनामा घटित एक आकस्मिक दुर्घटनामा दाङ जिल्ला निवासी हाम्रा प्रिय स्रष्टा भाइ डा. कृष्णराज डी.सी. दम्पतीका सुपुत्रलाई लेखान्तले हरेर लग्यो । अचानक मूर्च्छित अवस्थामा भेटिएका युवक लक्ष्मण फेरि ब्यूँझेनन् । तथापि हामी मानवजातिले सबै प्रकारका दुःख सुखमा भाग लिनेछौं भनी लेखान्तसित वाचा गरेर आएका हुन्छौँ ।…..यो लेक्ष्मणरेखा नामक महाकाव्य तयार भएपछि भाइले पुकारा गरे, मन्तव्यको निमित्त मलाई आग्रह गरे। यद्यपि म यस्तो सिर्जना पढौं कि नपढौं भन्ने दोमनमा हुन्छु। यस्ता सिर्जनशील कवित्वभाव भरिएका स्रष्टाको कलमबाट निसृत भावनाहरू खपी नसक्नु हुन्छन् कलाले भिजेका करुण रसका उत्पादन,फेरि टाढा एक्लै शोकाग्नि तापिरहेका भाइ कृष्णराजलाई केही सान्त्वना मिल्ला भनी पढ्ने निश्चय गरें। वास्तवमा कृष्णराज छन्दात्मक सिर्जनामा वरदान पाएका कविहृदयी व्यक्तित्व हुन् ।
प्रस्तुत महाकाव्य पुत्रशोकले आहत हृदयमा बारम्बार प्रहार गर्दा कोमल मनका कवि डी.सी.ले अद्भुत पाराले यसको संरचना तयार पारेका रहेछन । यो महाकाव्य स्वयम् एक उच्च सङ्कधन एवम् नौलो परिकल्पनाको परिणाम बनेको छ। यसको सिर्जनात्मक नवीनताको कारण पनि काव्यले अमर स्थान प्राप्त गरेको छ ।बाइस सर्गमा विभाजित प्रस्तुत काव्यमा मन्दाक्रान्ता, शिखरिणी, शार्दूलविक्रीडित पञ्चचामर, तोटक, अनुष्टुप्, स्रग्धारा, वसन्ततिलका, मालिनी जस्ता चौधवटा शास्त्रीय छन्दको प्रयोग गरेका छन् ।
शास्त्रले निरूपण गर्दा एउटा महाकाव्यका छ वटा प्रमुख तत्व हुन्छन् । सर्वप्रथम एक नायक सिर्जना हुन्छ, त्यस वरिपरि कथानक बुनिन्छ । यसका प्रधान नायक भन्नु नै लक्ष्मण डी.सी. छन् । अविश्वसनीय व्यक्तित्वको, प्रेमिल उमेरको र विश्व विजय गर्ने प्रतिज्ञा लिएर अघि बढेको नव युवक ।
दोस्रो तत्वमा चयनित नायक असाधारण सौर्यशक्ति, प्रतिभा र सौन्दर्यले युक्त हुनुपर्दछ । स्रष्टापुत्र लक्ष्मण सबै महाकाव्यिक लक्षणले युक्त थिए । तीस वर्षे लक्ष्मणले यो देशको नाम अमर गराउँदै अमेरिका पुगेर खेलमा कीर्तिमान स्थापित गरेका छन्।
तेस्रो महाकाव्यको लक्षण पृष्ठभूमि वा परिवेश हो जुन व्यापक र विस्तृत हुनुपर्छ । यसमा पश्चिम नेपालको दाङ, उत्तरी पर्वत, रसुवा धुन्चे र परिवेश अनि टाढाको एउटा स्वप्नदेश अमेरिकासम्म कथानक पुग्दछ। आफ्नै श्रम र सीपले विजय आर्जन गर्दै अमेरिका पुग्नु नै काव्यका परिवेशको व्यापकता हो ।
चौथोमा पराप्राकृक्तिकता वा असांसारी तत्वको सृष्टि हुन्छ जसले कथानकलाई अघि बढाउन मद्दत गर्दछ जसअनुसार काव्यमा भिन्न सुन्दर अतीत र भविष्यका भेट परिकल्पना र कार्यहरू जुटेका छन् । निकै ठाउँमा स्वप्नमा ती कर्महरू पूर्ण हुन्छन् । अत्याधुनिक आख्यान (वा काव्यादि) मा एक नवीन कलाको प्रयोग हुन्छ जसलाई ‘मायिक यथार्थता’ भनिन्छ । त्यो सत्य नहोस् तापनि स्वप्नमा, तन्द्रामा, भ्रान्तिमा त्यो पूरा हुन्छ। त्यसरी कतिपल्ट दिवङ्गत पात्र आएर आफ्नी वियोगिनी प्रेयसी वा मातापितासित भेट गर्नु, आफ्नो सानो पुत्र ठूलो भएको देख्नु हुनु ती भिन्न कलाको प्रयोगले सम्भव बनिएका कुरा हुन् । यो पक्ष नै महाकाव्यको एक महान् प्राप्ति हो । धेरै महाकाव्य केवल वर्णनात्मक कथावस्तु बोकेर आउँछन्, यसले विचित्रको कल्पना कला पनि ल्याएको छ। एक प्रकारले यी स्रष्टाका मनमा उठेका प्रतिस्थापित चाहना । छोरा गए पनि नातिले यी पूरा गर्नेछन् ।
यसको (महाकाव्य) पाँचौँ विशेषता अन्तर्गत शैलीको गुण आउँछ। एक शक्तिशाली महाकाव्यको शैली उन्नत, उत्थित, उच्चतम (elevated) होओस् । शास्त्रले भनेजस्तो शैलीमा यो निर्मित छ । यो सम्पूर्णरूपले छन्दोबद्ध कवितामा छ, त्यसैलेयसका उच्च गुण छन्, अनेक प्रकारको अलङ्कारले सुसज्जित छ । बेग्लाबेग्लै भाव र परिवर्तन प्रस्तुत गर्न उपयुक्त छन्दको चयन पनि गरेका छन् । तीनवटा छन्द प्रयोग गरी १६ पृष्ठ लामो मङ्गलाचरण रचेका छन् जसका दुई श्लोक यस प्रकार छन् :
यौटा नामी युवक जसको देहगाथा म लेखूँ उस्का भित्री नयनहरु ती सिर्जनाले म देखूँ उस्को बाटो अगम पहरा कन्दराको छ गाना खाने आटो स्वरस सुखको भोजनै त्यो छ नाना !
काव्यको अन्तिम लक्षण हो– कविको सर्वज्ञता । ऊ सर्वकालज्ञ हुन्छ र अन्त्यमा वस्तुवादी सर्वज्ञानले पाठक र आफूलाई टुङ्ङ्गामा ल्याउँछ । यस कथाको सार, त्यस्तै छ।
यहाँ मुख्य गरी पुत्र शोकको मुस्लो, त्यसले उत्पन्न गरेका पीडाको भुमरी, शोक विह्वल पत्नी, (पुत्रवधू), पितामाता र परिवारजन ती सबैलाई सम्झाउँदै ल्याएका छन् । एकदम लामो करिब पच्चीस वर्षपछिको सुदूर भविष्यको कल्पना आजको नाबालक नाति (फणीन्द्र) लाई अमेरिकामा पुऱ्याई विद्यावारिधि गराउँछन् र सबै शान्त र स्थिर हुन्छन् ।

छोरा लक्ष्मणले छोडी गए पनि उनका छोरा फणीन्द्र हुर्केर विदेशमा पढेर सम्मान लिएर स्वदेश आएका छन्, आमा हजुरबा, हजुरआमा सबै अब नयाँ भविष्यको सामु भए अब अन्त्यमा । यो २५ वर्षपछिको सुखद कल्पना हो अन्त्यको
आमाका सँगमा बसेर सुखले हेर्छिन् जहाँ उर्वशी छोरा छन् सँगमै विशाल मुटुका चोला बन्यो राजसी रेखा लक्षणकी सुशील सँगिनी छाडी गए लक्ष्मण छोरा हुन् भवका फणीन्द्र सबका यो विश्वका सज्जन
प्रथम सर्ग लामो मङ्गलाचरण र पृष्ठभूमि उद्देश्यले लिन्छ । द्वितीय सर्गमा छ कविको अलाप । जस अन्तर्गत स्रष्टा पाठकलाई आफ्नो पुत्र शोकले दग्ध हृदय यसरी खोल्छन् :
छोटो जीवनको सुदीर्घ घटना मैले सुनाउँ यहाँ मेरो एक कुमार आज कसरी होला बसेको कहाँ ?
……………एउटा सकारात्मक परिणाम छ उन्नाइसौं सर्ग । जसको शीर्षक छ अमेरिका पुगेको बाइस वर्षपछि मुटुरोग विशेषज्ञ बनेर डा. फणीन्द्रले हार्वर्ड विश्वविद्यालयबाट पीएच. डी. उपाधि हासिल गर्छन् । मुटुरोगले दिवङ्गत भएको पात्रका सुपुत्र अमेरिकाबाट मुटुको डाक्टर बनेर आएको कुराको कल्पना गर्नु ठूलो कुरा हो । अझै ठूलो कुरा त बीसौं सर्गमा छ– फणीन्द्रलाई विश्व नोवेल शान्ति पुरस्कार प्रदान । अमेरिका पुगेर फणीन्द्र एक महामानव बनेर फर्केको व्यक्तिको मूल सन्देश दिन्छन्–
“नराख वैरभावना नराख राग मोहको , मनुष्य जाति एक हो भनेर जान बन्धु हो ,
बढेर लम्क प्रेमले मुटू हुँदै मुदूतक, बनिन्छ लोकमा सबै सुखी बुझेर वास्तव ।
एक्काइसौं सर्ग छ- फणीन्द्र धर्मपत्नीका साथमा स्वदेशागमन । यसरी कल्पित पात्र र परिस्थितिका उत्कर्ष विन्दुमा पुऱ्याएर आज भर्खर जन्मेको लक्ष्मण पुत्रलाई नोबेल पुरस्कार दिलाएर स्वदेश फर्काउँछन् । अन्तिम अर्थात् बाइसौँ सर्ग छ- पुनर्मिलनका हर्षाश्रु । अब नवीन उत्साह र ज्ञान भएका फणीन्द्र धेरै समय परदेश भूमिमा बसेर उताका शुष्कताले मन शून्य भएपछि यसलाई पुनः आफ्नै समाजमा आई हरेक पल, स्वदेशमै रमाउन सपत्नी फर्के। परी जस्ती उतैकी युवतीका साथमा। उनी आफ्नै समाजप्रति यसरी समर्पित छन् : गरेर आएँ अचला विहार, म गर्न सक्ने मनको सुधार,भएछ मेरो मन शून्य आज, रमेर हेर्नेछु सधैं समाज !
वर्तमान कालको यो एक उत्कृष्ट महाकाव्य हो। यो सिर्जना गर्ने समर्थवान् विलक्षण कवि डा. कृष्णराज डी.सी.ले आफू र स्वजनलाई अब शान्त पार्नेछन् । मृत्यु र पुनरागमनको शाश्वतता बुझाएका छन् । -प्रा. डा. गोविन्दराज भट्टराई
कविताको दीर्घ साघना र सिद्धिपछि बृहत् एकाइमा प्रवेश गरेका डा. कृष्णराज डी. सी. को दोस्रो महाकाव्यात्मक कृति ‘लक्ष्मणरेखा’ जातीय समन्वयात्मक चेतमा आधारित एक विशिष्ट सृष्टि हो । भाव र शैलीको समन्वित चेतनामा संरचित प्रस्तुत महाकाव्यको कार्य-व्यापार सामाजिक विपत्तिहरूले घेरिएको छ । सौन्दर्यात्मक विजातीय चेतना अवलम्बन गरिएको यो महाकाव्यले नायक नायिकाबीच आशीर्वादसहित प्रेमविवाह भएको सन्दर्भलाई अँगालेको छ । यद्यपि जीवन र जगत्का उत्थान र पतन, घातप्रतिघात, आशा र निराशा अनि अनन्त आकाङ्क्षा र सपनाहरू काव्यमा परिलक्षित हुन्छन् भन्ने विद्वान्को मान्यताअनुरूप नै नायिका रेखाका जीवनक्रममा बज्रपात पर्दा बाबुको टुहुरो फणीन्द्रलाई हेरेर शेष जीवन बिताउने मार्ग प्रशस्त गरिएको छ । तोते बोली बोलेरै बाबाको याद गर्ने र आमाको ख्याल गर्ने त्यो बालक फणीन्द्र अमेरिकाबाट शोधखोज गरी नोबेल शान्ति पुरस्कार बिजेता बनेको घटना स्वैरकाल्पनिक छ भने काव्यकारले यस महाकाव्यमा पूर्वीय विकसित महाकाव्य रामायण महाभारतका नारी पात्रहरू र ऋषिमहर्षिका साथै भगवान् श्रीकृष्णसम्मले स्वप्नविम्बका माध्यमबाट शोकसन्तप्त रेखालाई मृत्यु अवश्यम्भावी कुरा हो, तर आत्मा अमर छ भन्ने भाव गीतादर्शनका माध्यमबाट सम्झाएको पूर्वीय चेतको प्रस्तुति उद्धरणीय छ “आत्मा रूप सदा छ त्यो अमर नै भन्ने तिमी जान हे ! सारा अन्तरको उदार ममता आत्मा भनी ठान हे !काट्ने ताकत छैन शस्त्रबलको पोल्दैन आगो पनि ! त्यो भिज्दैन कुनै जलाशय डुबी हावा सुकाउन्न रे !” – प्रा.डा. हेमचन्द्र नेपाल
सिद्धहस्त शास्त्रीय काव्यशिल्पी डा. कृष्णराज डी.सी. कृत महाकाव्य ‘लक्ष्मणरेखा’ केही यथार्थ र केही स्वैरकाल्पनिक घटना परिघटनाहरूको कलात्मक संरचनामा आबद्ध नेपाली काव्य जगत्कै एक विशिष्टतम निधि भन्न सकिन्छ। महाकाव्यकार डी.सी. को हृदयनिस्त आँसुको मसीले लेखिएको ‘लक्ष्मणरेखा’ सारका कोणले वस्तुतः मृत्युका नाममा ईश्वरले गरेको क्रूर ठट्टाविरुद्ध जीवनका पक्षमा ध्वनित लयालु काव्यिक जवाफी हुङ्कार हो। मूलतः जीवन र जगत् सापेक्ष स्वर र शिल्पको मनोहारी तादात्म्यसहित सुरम्य काव्यिक माधुर्यको हृदयात्मक उच्छलनले काव्यप्रेमी भावकलाई पागलकै हदसम्मको प्यास जगाउने सामर्थ्य राख्नु महाकाव्यकारको विशेष कारिगरी सफलता प्रतीत हुन्छ । – मोमिला
नेपाली काव्यकला र संस्कृतिको उन्नयनका निमित्त समर्पित कवि डा. कृष्णराज डी.सी. बहुआयामिक प्रतिभासम्पन्न व्यक्ति हुनुहुन्छ । मानवसमाज र राष्ट्रका अत्यन्तै सचेत, सजग र क्रियाशील कवि डी.सी. नेपाली साहित्यमा मूलतः कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, समालोचना र गीतको रचना गरी नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले उल्लेखनीय योगदान दिनुभएको छ। यसको साथै छन्दोबद्ध कविताको रचना र गायनमा गति, यति, लय र अनुतान मिलाई सुमधुर शैलीमा वाचन गर्न खप्पीस कवि डी.सी. नेपाली साहित्यमा सुप्रसिद्ध नाम हो । आफूभित्र सुन्दर ज्ञानको भण्डार भएर पनि अत्यन्तै सरल र मिजासिला स्वभावका डी.सी. सबैका प्रिय पात्र चन्न सफल हुनुभएको छ ।नेपाली साहित्यमा वर्णमात्रिक छन्दमा विभिन्न फुटकर कविता, खण्डकाव्य र महाकाव्य समेत प्रकाशन गरिसक्नुभएका डी.सी. ले यसअघि नै आधा दर्जनभन्दा बढी साहित्यिक कृतिहरूको प्रकाशन गरिसक्नुभएको छ। प्रस्तुत ‘लक्ष्मणरेखा महाकाव्य विनिर्माणिक चेतनामा आधारित छ। जसलाई ‘म्याजिक रियालिज्म’ भनिन्छ । यो चेतना पश्चिमी जगत् स्पेन, फ्रान्स, जर्मनी र अमेरिकाबाट आएको हो भनी विशिष्ट समालोचक तथा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई बताउनुहुन्छ । ‘लक्ष्मणरेखा’ महाकाव्यको कथावस्तुको भावभूमि कतै सत्य र कतै काल्पनिक भैकन पनि महाकाव्यकारको सुन्दर काव्यिक कला र जीवनशैलीको कारणले गर्दा पूरै महाकाव्य नै सत्य हो जस्तै लाग्दछ। यस महाकाव्यका नायक ‘लक्ष्मण’ जो धीरोदात्त गुणले सम्पन्न छन्, ती नायककै दुःखद अन्त्यको घटनाबाट यसको कथावस्तु सुरु भएको छ । नेपाली साहित्यमा विगत चार दशकदेखि निरन्तर सक्रिय रहेका महाकाव्यकार डी.सी.को यसअघि प्रकाशित ‘अल्बर्टआइन्स्टाइन र सापेक्षतावाद’ महाकाव्य विषयवस्तुका दृष्टिले नित्य नवीन छ । प्रस्तुत ‘लक्ष्मणरेखा’ महाकाव्यमा पूर्व नायक र नायिका ‘लक्ष्मण’ र ‘रेखा’ देखा परेका छन् भने उत्तर नायक र नायिका ‘फणीन्द्र’ र ‘उर्वशी’ देखा परेका छन् । तसर्थ, यो महाकाव्यले पूर्वीय महाकाव्य परम्परालाई आत्मसात् गरी संयोगान्तमा टुङ्गिएको छ । यस महाकाव्यका पूर्व नायक लक्ष्मणको दुःखद अन्त्यले पाठकवर्ग, परिवार, समाज र सिङ्गो राष्ट्रले नै क्षति व्यहोर्नुपरेको अवस्था तथा मातापिता र नायकका श्रीमती र छोराले भोग्नुपरेको वियोगको पीडालाई महाकाव्यकारले आफ्नो भावना र कल्पनाको मालामा उनेर एउटा सुन्दर तथा कलात्मक महाकाव्य तयार पार्नुभएको छ । यस महाकाव्यमा वात्सल्य प्रेमले कविहृदय पग्लिएको छ, करुणाको बाढी बगेको छ । –प्रकाशकीय, लुम्बीनी साहित्य सङ्गम



जेठी छोराबुहारी खीमा र माहिली छोराबुहारी स्मिताको बिचमा महाकाव्यकार
