World Vision News

२०८३ जेष्ठ १८ गते सोमबार
२०८३ जेष्ठ १८ गते सोमबार

ट्यूशन पढाउने केटी ‘मेरी क्यूरी’

 डा.कृष्णराज डि.सी.

क्यूरी तिम्रो मनमय कला विश्वमा वारपार
घन्क्यो सारा भुवनभरमा नामले वार वार
मर्स्याङ्दीका वरपर कतै छल्किने छालजस्तै
रेडीयम् भै हिमशिखरमा झल्किने भालजस्तै

ट्यूशन् तिम्रो सतत वलियो नित्य खाना बनायौ
क्यान्सर्रोगी जनहरुकहाँ ओखती नै बनायौ
सेवा गर्ने करकमलमा लोकथुङ्गा फुलायौ
यो धर्तीका सकल जनमा ज्ञानगङ्गा बगायौ

गार्गी, सीता जनक दुहिता, भारती दिव्य रानी
जस्ती बन्दै सकल भवमा आज क्यूरी छ ज्ञानी
क्यूरी तेरो सकुशल कला लोकमा चम्किँदै छ
विज्ञानैका गति प्रगतिमा भावना लम्किँदै छ।।

कवि विगत पाँच दशकदेखि लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील हुनुहुन्छ : सम्पादक

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.