Skip to main content

World Vision News

२०८३ भाद्र २५ गते बिहीबार
२०८३ भाद्र २५ गते बिहीबार

रसुवाको भोटेकोशी नदी र तल त्रिशूलीमा आएको बाढीले ठूलो धनजनको क्षति

  • रसुवाको भोटेकोशी नदी र तल त्रिशूलीमा बुधवार आएको बाढीका कारण धनजनको ठूलो क्षति, बिहीवार बिहानसम्म कम्तीमा १६५ जनाको शव फेला परेको पुष्टि
  • क्षतिबारे विवरण आउने क्रम जारी
  • बाढीबाट पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारद्वारा आग्रह
  • विपद्‌का नाममा आफूखुसी पैसा नउठाउन सरकारको आग्रह
  • प्रभावित स्थानको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री प्रस्थान  

जथाभावी हेलिकप्टर नउडाउन निर्देशन

बाढीका कारण प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धारकार्यमा प्रयोग भइरहेका निजी कम्पनीका हेलिकप्टरहरूलाई सरकारी निकायसँग समन्वय गर्न सरकारले पत्राचार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जथाभावी उडान गर्दा हुन सक्ने सम्भावित हेलिकप्टर दुर्घटना र अन्य प्राविधिक समस्याहरूलाई दृष्टिगत गर्दै त्यस्तो निर्णय लिइएको हो।

“आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढङ्गले कार्य अघि बढाउन भनिएको छ,” सचिवालयले एउटा विज्ञप्तिमा भनेको छ।

सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन

भोटेकोशी-त्रिशूली बाढीपछि ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सुरक्षा निकाय, पर्यटक र सर्वसाधारण गरी ८२६ जना सम्पर्कविहीन छन्। तीमध्ये सबैभन्दा धेरै नेपाली सेनाका ४४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।त्यसै गरी नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्।

अहिलेसम्म हामीलाई के थाहा छ?

सीमावर्ती जिल्ला रसुवामा तिब्बत हुँदै आएको भोटेकोशी र तल त्रिशूली नदीमा बुधवार बिहान आएको विनाशकारी बाढीपछि बिहीवार बिहानसम्म कम्तीमा १६५ जनाको शव फेला परेको र सयौँ मानिस अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ।प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा शवहरू फेला पर्ने क्रम जारी छ। प्रभावित स्थानबाट उद्धार गरिएका ४१ जनालाई काठमाण्डू र नुवाकोटको त्रिशूलीमा उपचारार्थ भर्ना गरिएको प्रहरीले जनाएको छ।प्राधिकरणले जनाए अनुसार पर्यटकहरू र विभिन्न निकायका सुरक्षाकर्मीहरूसहित ८२६ जना सम्पर्कविहीन छन्। तीमध्ये पर्यटकको सङ्ख्या ५७९ रहेको प्राधिकरणले जनाएको छ।नेपाली सेनाका अनुसार रसुवा र नुवाकोटमा घाइते र जोखिममा परेका मानिसहरूलाई बिहानदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ।विभिन्न जलविद्युत् आयोजनाका कर्मचारी र सर्वसाधारण नागरिकहरूको उद्धार गर्न सेनाका हेलिकप्टरहरू खटेका छन्।रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको र हाकुस्थित एउटा जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको जीवितै उद्धार गरिएको पनि सेनाले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान ९ः३० बजे बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि काठमाण्डूबाट हिँडेको उनको सचिवालयले जनाएको छ। उनीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि छन्।

प्रधानमन्त्री बालेन गाडीबाट नुवाकोट जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह बालेन बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर हिँडेका उनको सचिवालयले जनाएको छ।प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि नुवाकोट गएका छन्।प्रधानमन्त्री शाहले नुवाकोटको विदुर र आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने योजना रहेको उनको सचिवालयले जनाएको छ।स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे प्रधानमन्त्रीको टोलीले छलफल गर्ने बताइएको छ।बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा धनजनको ठूलो क्षति पुगेको छ।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.