Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीहरुकाे अवार्डमा क्लिन स्विप गरेकाे नेपाली टोली स्वदेश फर्कियाे

मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली स्वदेश फर्किएको छ।

सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

१७ विकेट लिंदै उत्कृष्ट बलर समेत बनेका विपिनले आफुले भन्दा रौनक श्रीवास्तव, शुभम खनाल, अभय यादव लगायतका खेलाडीहरूले राम्रो खेलेको बताए।

नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको थियो। रौनक श्रीवास्तव प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए। उनले ६ खेलमा २ सय ९६ रन बनाएका थिए। रौनकले आफ्नो प्रदर्शनबाट खुशी भएको बताए।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.