२५ भदौ, काठमाडौँ
तीन दिनयता अघिपछिको सामान्य अवस्थाकै हाराहारी सङ्ख्यामा ग्यास भरिएका सिलिन्डर काठमाण्डू उपत्यका भित्रिरहेको नेपाल आयल निगम तथा ग्यास उद्योगी तथा विक्रेताहरूले बताएका छन्। तर ग्यास अभावको अवस्था सामान्य हुन अझै केही साता लाग्ने उनीहरूको अनुमान छ।
यसैबीच काठमाण्डू उपत्यकालगायतका ठाउँमा देखिएको खाना पकाउने ग्यास अभावका माझ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। उनका ठाउँमा दीपककुमार साह नियुक्त भएका छन्।
