लोकराज डि.सी. / सल्यान

कर्णाली प्रदेशको सल्यान जिल्ला स्थित सिद्धकुमाख गाउँपालिका–३, फलाटेका ६३ वर्षीय पुनाराम रेउले परम्परागत पानीघट्ट निर्माण गर्ने अनुभवी व्यक्ति हुन्। उनले विगत ४६ वर्षदेखि पानी घट्ट निर्माण तथा मर्मतसम्भारको काम गर्दै आएका छन्।
हाल उनी सिद्धकुमाख–३, फलाटे क्षेत्रमा नै पानी घट्ट निर्माणको कार्यमा सक्रिय छन्। आफ्नो लामो अनुभवका क्रममा उनले हजारौं पानी घट्ट निर्माण गरेको अनुमान गरिन्छ, जसले स्थानीय समुदायको अन्न पिस्ने परम्परागत आवश्यकतालाई पूरा गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।
आर्थिक दृष्टिले हेर्दा, एक समय पानी घट्ट निर्माणबाट उनको वार्षिक आम्दानी करिब १२ देखि १५ लाख रुपैयाँसम्म हुने गरेको थियो । तर समयको परिवर्तन, आधुनिक प्रविधिको प्रयोग र परम्परागत घट्टप्रतिको घट्दो निर्भरताका कारण हाल उनको वार्षिक आम्दानी करिब ५ देखि ६ लाख रुपैयाँमा सीमित भएको छ ।
पुनाराम रेउलेले आफ्नो जीवनको अधिकांश समय परम्परागत सीप र ज्ञानको संरक्षण तथा पुस्तान्तरणमा समर्पित गरेका छन्, जसले स्थानीय सांस्कृतिक तथा आर्थिक जीवनमा महत्वपूर्ण योगदान पु¥याएको छ।
पानी घट्ट निर्माणको परम्परागत ज्ञान र अनुभवलाई जोगाइराख्न महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका पुनाराम रेउले यस क्षेत्रका अनुभवी तथा दक्ष कारीगरका रूपमा परिचित छन् ।
