Skip to main content

World Vision News

२०८३ भाद्र २६ गते शुक्रबार
२०८३ भाद्र २६ गते शुक्रबार

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं, १८ आषाढ। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ भने बाँकी समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ । यसैगरी, अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने तयारी छ । पूर्वाधार विकास समिति बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलका विषयमा छलफल हुनेछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.