World Vision News

२०८३ बैशाख ६ गते आईतवार
२०८३ बैशाख ६ गते आईतवार

एसईईमा ग्लो साइन एकेडेमीको गर्विलो सफलता –दिक्षीकाको ४.० जीपीए

खैरहनी । खैरहनीस्थित ग्लो साइन एकेडेमी माध्यामिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउँदै पूर्वी चितवनको शैक्षिक स्तरमा थप उचाइ हासिल गरेको छ। विद्यालयकी मेधावी छात्रा दिक्षीका थपलियाले ४.०० जीपीए ल्याउँदै विद्यालयको गौरव बढाएकी हुन्।

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार १३ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए, २७ जनाले ३.२० देखि ३.६०, १६ जनाले २.८० देखि ३.२० र ३ जनाले २.४० देखि २.८० जीपीए ल्याउन सफल भएका छन्। विद्यालयका प्राचार्य टेकराज अधिकारीका अनुसार, “दिक्षीका थपलिया सानैदेखि नै लगनशील, अनुशासित र लक्ष्यप्रति प्रतिवद्ध छात्रा हुन्। उनको ४.०० जीपीएले विद्यालयको शैक्षिक गरिमा अझै बढाएको छ। यस्ता परिणाम हाम्रो विद्यालयमा सिकाइको गुणस्तर, शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको मेहनतको प्रतिफल हुन्।”

यसैबीच विद्यालयले कक्षा ११ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र कानून विषयमा भर्ना खुला गरेको छ। भर्ना प्रक्रिया अन्तर्गत विद्यार्थी तथा अभिभावकसँग अन्तरवार्ता गरी बिना प्रवेश परीक्षा भर्ना गरिने विद्यालयले जानकारी दिएको छ। यस वर्ष कक्षा ११ को १७औं ब्याचका लागि भर्ना सुरु गरिएको हो।

पूर्वी चितवनमा शिक्षा, अनुशासन र मूल्य शिक्षामा विशेष जोड दिँदै आएको ग्लो साइन एकेडेमी विद्यार्थी तथा अभिभावकबीच एक विश्वासिलो शैक्षिक केन्द्रको रूपमा स्थापित हुँदै आएको छ।

वि.सं. २०६० सालमा स्थापना भएको ग्लो साइन एकेडेमीले २०६७ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ। हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १,३०० विद्यार्थी अध्ययनरत छन् भने ११० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.