मानव सेवामा नेपाली मुस्लिम समुदायको ऐतिहासिक योगदान रहेका छ । नेपालमा विभिन्न समयमा हुने दैवीप्रकोपका घटनामा मानवीय सहायताको लागि मुस्लिम समुदायको महत्वपूर्ण भूमिका छ ।
हाल रसुवा बाढी पिडितलाई आपत्कालीन मानवीय सहायताको लागि नेपालभरिका मस्जिद, मद्रसा तथा मुस्लिम समुदायबाट बाढी पीडितहरूको राहत तथा उद्धारका लागि सहयोग रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अभियान निरन्तर जारी रहेको वताईएको छ । विभिन्न मुस्लिम संघ–संस्था, मस्जिद तथा मद्रसाहरूले अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याई पीडितहरूलाई वितरण पनि गरिरहेका छन् ।
शुक्रबार जुमाको नमाज अघि सम्पूर्ण मस्जिद, मद्रसा, इमाम, ओलमा तथा मुस्लिम समुदायलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग सङ्कलन गरी यस मानवीय सहायताका अभियानलाई व्यापक बनाईएको सम्बन्धित अकिारीहरुले वताएका छन् ।
