World Vision News

२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

खप्तरिबाङ नजिकै पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

 

गल्कोट —

भिमगिठे–बुर्तिबाङ सडक खण्ड अन्तर्गत खप्तरिबाङ नजिकै पर्ने पानी पलाउने क्षेत्रमा ठूलो पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ।

स्थानीयबासीका अनुसार बिहीबार माथिबाट साना ढुङ्गाहरु  खस्न सुरु भएको थियो। दिउँसो  एक्कासि ठूलो परिमाणमा माटो, ढुंगा र रुखसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा  बुर्तिबाङ, भिमगिठे हुदै हिड्ने  क्षेत्रहरू जाने–आउने सवारी ठप्प भएको छ। यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने आवश्यक सामाग्री बोकेका गाडीहरू रोकिएका छन्।डोजरमार्फत पहिरो हटाउने प्रयास थालिएको स्जथानिय बासिले जानाकारि दिनुभयो ।

स्थानिय जनप्रतिनिधिहरूले भने सम्भावित स्थानमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.