Skip to main content

World Vision News

२०८३ भाद्र २५ गते बिहीबार
२०८३ भाद्र २५ गते बिहीबार

दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई आर्थिक सहयोग गरे।

  • गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका ११ जना घाइतेलाई जनही १०/१० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरे।
  • उनले कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा गर्दै सकेजति घाइते परिवारलाई सघाउने वचन पनि दिएका छन्।
  • दुर्गेश थापाले आफूले केही कार्यक्रम स्थगित गरेको र ‘यो बलिदान कहिल्यै व्यर्थ नजाओस्’ भनी देशको गौरवशाली भविष्यमाथि आशा व्यक्त गरेका छन्।

काठमाडौं । गायक दुर्गेश थापाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।

कमाइको केही हिस्सा घाइतेको उपचारमा खर्चिने घोषणा पनि उनले गरेका छन् । यसक्रममा अस्पतालमा रहेका ११ जना घाइतेलाई जनही १०/१० को दरले आर्थिक सहयोग वितरण गरे ।

सकेजति घाइतेको परिवारलाई सघाउने वचन पनि उनले दिएका छन् । आफू संगीतकर्मीभन्दा पहिला देशको नागरिक रहेको बताउँदै उनले जेनजी आन्दोलनको कारण आफूले केही कार्यक्रमहरू पनि स्थगित गरेको बताए ।

‘यो बलिदान कहिल्यै व्यर्थ नजाओस् । देश सदैव जनताको चाहनाअनुसार गौरवशाली बनोस्’ उनले लेखेका छन् ।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.