Skip to main content

World Vision News

२०८३ श्रावण ५ गते मंगलवार
२०८३ श्रावण ५ गते मंगलवार

२१ फागुनको चुनावबारे कांग्रेस-एमालेको आशंका किन ?

१५ असोज, काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमाले आम चुनावबारे शंका गर्न थालेका छन्। आगामी फागुन २१ गतेका लागि तय चुनावको स्वागत र समर्थनबारे औपचारिक रूपमा केही नबोलेका दुवै दलले चुनाव हुनेमै शंका व्यक्त गर्न थालेका हुन्।

कांग्रेसले प्रेस वक्तव्य निकालेरै सरकारलाई आफ्‌नो तोकिएको जिम्मेवारी पूरा गर्नेतिर ध्यान दिन भनेको छ। जेन–जी आन्दोलनले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीसँग आवधिक निर्वाचनसम्मै सत्तासाझेदारी गरेको कांग्रेसले मध्यावधि निर्वाचनको जिम्मेवारी लिएको वर्तमान सरकारको ध्यान अन्तै रहेको आशंका गरेको हो।

त्यसतर्फ इंगित गर्दै कांग्रेसले तोकिएको जिम्मेवारीभित्र मुलुकमा शान्ति सु–व्यवस्था कायम गर्ने लगायत विषय स्मरण गराएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य निकालेर दण्डहीनतालाई प्रोत्साहन गर्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई सचेत गराएका हुन्।

उनले भनेका छन्, ‘सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेता तथा व्यक्तिको राहदानी रोक्का गर्ने र आफ्‌नै मुलुक भित्र पनि आवतजावत गर्न निषेध गर्ने किसिमका राजनैतिक प्रतिशोध प्रष्टै देखिनेगरी निर्णय गर्न थाल्नुले यो सरकार आफ्‌नो तोकिएको जिम्मेवारी पूरा गर्ने र मुलुकमा शान्ति सु–व्यवस्था कायम गर्ने भन्दा अर्कै बाटो हिड्न खोजेको देखिन्छ।’

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.