Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्।

पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको छ।

यद्यपि उनीहरूबिच राजनीतिक र काठमाडौं महानगरपालिकामा देखिएको समस्याको विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ। सोही दिन नेकपा माओवादीका केही उच्च नेताहरुले पनि भेटघाट गरेका थिए।

पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्कने घोषणा गरिसकेकी छिन्। उनले असार १४ गते नै एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएकी थिइन।

एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएपछि एमालेभित्र अब दुईलाइन सङ्घर्ष हुने आङ्कलन गरिएको छ।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.