World Vision News

२०८३ जेष्ठ २० गते बुधबार
२०८३ जेष्ठ २० गते बुधबार

पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल हुने जनाएकाे छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ । यी खेल फिफा अन्तर्राष्ट्रिय विन्डोको अन्तर्गत हुने एन्फाले बताएको छ ।

यो खेललाई एएफसी एसियन कप छनोट तयारीस्वरुप रहेको छ । एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ।

समूह चरणमा नेपालले हालसम्म दुई खेल खेलेको छ । तर, दुवैमा हार बेहोरेर अंक तालिकामा पुछारमा छ ।

नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.